IME Life
GBIME

सानिमा जिआइसीका नायब महाप्रवन्धक श्रेष्ठको गैरकानुनी नियुक्ती, चौतर्फी दवाव पछि कार्यकाल थप 

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले नायब महाप्रवन्धक पदमा सुवोधलाल श्रेष्ठलाई गैरकानुनी नियुक्ति गरेको छ । कम्पनीको कर्मचारी विनियमावली विपरित उनको नियुक्ति भएको हो । विनियमावलीमा कर्मचारीहरुको उमेर हद ५८ वर्ष तोकिएको छ । यदि आवस्यक पर्यो भने करारमा थप एक वर्षका लागि नियुक्ति दिन सकिने व्यवस्था रहेको छ ।

तर उनको उमेर ६२ वर्ष नाघिसकेको छ । कम्पनीले उमेरहदका कारण कार्यकाल थप्न नमाने पछि उनले एनआरएन लगायत चौतर्फी रुपमा दवाव दिए पछि बाध्य भएर गैरकानुनी रुपमा नायब महाप्रवन्धक पदमा नियुक्ति दिएको हो । यहि विषयमा श्रेष्ठलाई इन्स्योरेन्स खवरले प्रश्न गर्दा उनले सम्पर्क विच्छेद गरेर प्रतिकृया समेत दिन मानेनन् ।

Crest

व्यवस्थापनमा स्नातक गरेका श्रेष्ठको बीमा क्षेत्रमा ३४ वर्षको अनुभव रहेको छ । उनले यस भन्दा अगाडी नेशनल इन्स्योरेन्स कम्पनी, युनाइटेड इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीमा काम गरिसकेका छन् । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा दक्ष जनशक्ति नभएको भन्दै उमेर हद नाघेका कर्मचारीको नियुक्तिमा पनि आखा चिम्लिदै आएको छ । तर आजको दिनमा कम्पनीमा धेरै सक्सेसर उत्पादन भइसकेका छन् । सामान्य डिग्री समेत हासिल नगरेका कर्मचारीहरुलाई नियम विपरित नियुक्ति गरिरहनु पर्ने अवस्था नरहेको बीमकहरु नै बताउछन् ।

उनको नियुक्तिमा कम्पनीका अध्यक्ष नै सन्तुष्ट छैनन् । चौतर्फी दवाव पछि कम्पनीको सञ्चालक समितिले गैरकानुनी रुपमा नियुक्त गर्न बाध्य भएको बुझिएको छ । उनको कार्यालय भित्रको हर्कलाई कसैले पनि मन पराउदैनन् । सामान्य खरिद प्रकृयाँमा समेत उनले प्रत्यक्ष हस्तक्षेप गर्ने गरेका छन् ।

श्रेष्ठ सानिमा जरलको स्थापनाकालेदेखि नै छन् । उनको एनआरएन समुह सँग राम्रो सम्बन्ध रहेको छ । हाल कम्पनीको सञ्चालक समितिको अध्यक्षमा कुनाल कयाल रहेका छन् । साविक जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष कयाल चार्टर्ड एकाउन्टेन्ट हुन् । सानिमा र जनरल इन्स्योरेन्स कम्पनी मर्जर भएर बनेको सानिमा जिआइसीले गत कार्तिक ७ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरेको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%

खुसी

20%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

10%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS