Connect IPS
IME Life

प्राइम लाइफको कर्मचारी संघले मर्जरका विषयमा गरायो सात बुँदे ध्यानाकर्षण, सम्मानजनक समायोजनको माग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कर्मचारी संघले मर्जरको विषयमा सात बुँदे माग सहित ध्यानाकर्षण गराएको छ । तीन बीमा कम्पनी युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ विच हुन गइरहेको मर्जरका क्रममा कम्पनीको कर्मचारी संघले कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको रोजगारी सुनिश्चित गर्न माग राखेको छ ।

कर्मचारीहरुको योग्यता, क्षमता र जेष्ठताका आधारमा सम्मानजनक रुपमा समायोजन गर्न उच्च व्यवस्थापत समक्ष माग राखेका छन् । कर्मचारीहरुले खाई पाई आएको तलब भत्ता सुविधा एवं कर्मचारी विनियमावली एवं सामुहिक सौदावाजीको माध्यमबाट प्राप्त हुँदै आएको सेवा सुविधा कटौती गर्न नहुने जनाएका छन् ।

Prabhu
Crest

कर्मचारीहरुका लागि सम्मानजनक न्योचित स्वेच्छिक अवकास ‘भिआरएस’ को योजना ल्याउनु पर्ने जनाएका छन् । मर्जर पश्चात कम्पनीको नयाँ कर्मचारी विनियमावली बनाउँदा कर्मचारी सँग सँग छलफल र सहमति गरेर मात्रै काम गर्न समेत उनिहरुले माग रहेको छ ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको कम्पनीहरुको गाभ्ने गाभिने र प्राप्ति गर्ने निर्देशिका र सो सँग सम्बन्धित परिपत्रहरुमा व्यवस्था भए बमोजिमका कर्मचारी सँग सम्बन्धित विषयको कार्यान्वयन गरिनु पर्ने माग छ ।

गत असार १९ गते प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापन समक्ष कर्मचारी संघले २४ बुँदे माग प्रस्तुत गरेकोमा व्यवस्थापन पक्ष र कर्मचारी संघ विच साउन १८ गते भएको सहमति बमोजिम प्रकृयाँ अगाडी बढाइयोस् भन्दै मागपत्र प्रस्तुत गरेका छन् ।

हाल प्रकृयाँमा रहेको तीन वटा कम्पनीहरुको मर्जर गर्ने कार्य प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको विकास र विस्तारमा सदैव समर्पित हुन समेत उनिहरुले ध्यानकर्षण गराएका छन् । यहि क्रममा कम्पनीमा कार्यरत आम कर्मचारीहरुको हित प्रतिकुल नहुने गरी कम्पनीको उच्च व्यवस्थापनले सम्पन्न गर्नु पर्ने उनिहरुको भनाइ छ । कर्मचारीहरु सँग सरोकार राख्ने विषयमा संघ सँग छलफल र सहमति विना कर्मचारीहरुको अहित हुने गरि मर्जरको प्रकृयाँ अगाडी बढेमा कर्मचारीहरुले श्रम ऐनले दिएको अधिकारीको प्रयोग गर्दै कडा कमद चाल्ने समेत चुनौती दिएका छन् ।

मर्जर पछि कम्पनीको पूँजीगत आधारलाई मजबुत बनाइ प्रतिस्पर्धात्मक बनाउछ भन्दै उनिहरुले कर्मचारीहरुको समायोजनमा पनि ध्यान दिन अनुरोध गरेका छन् । उनिहरुले पूँजी एकिकृत गर्नु मात्रै मर्जर नभएको भन्दै कर्मचारीहरुको समायोजन र कार्य स्थल विचमा पनि मर्जर गर्न ध्यानकर्षण गराएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

0%

दु :खी

12%

अचम्मित

0%

उत्साहित

6%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS