काठमाडौं । आज नेप्शे परिसूचक ५ दशमलव ७१ प्रतिशतले बृद्धि भई २१७९ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज दिनभरमा कुल ३ अर्ब ४ करोड ४५ लाख २९हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकताले कमाएका छन् । आज लघुवित्तको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य ८४८ रुपैयाँ कायम भएको छ ।
साथै आज मैलुङ खोला जलविद्युत कम्पनीको शेयर ९ दशमलव ५४ अंकले बृद्धि भई प्रति शेयर मूल्य ४९८ रुपैयाँ कायम भएको छ । आज नेपाल इन्फ्राइस्टकचर बैंकको शेयर ७ दशमलव २० प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य २५३ रुपैयाँ कायम भएको छ ।