काठमाडौं । आज शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्शे परिसूचक ५ दशमलव ७१ प्रतिशतले बृद्धि भई २१७९ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज दिनभरमा कुल ३ अर्ब ४ करोड ४५ लाख २९हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एसिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकका कुल १८ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसैगरी आज रिडी पावर कम्पनीको १२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने पिपुल हाइड्रोपावर कम्पनीको १० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै आज अपि पावर कम्पनीको ९ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।