काठमाडौं । सिडिएससीले एनसिसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर कुमारी बैंकको नाममा परिणत गरेको छ । यस सँगै अव साविक एनसिसी बैंकका शेयरधनीहरुले अव कुमारी बैंकको नामबाट शेयर खरिद बिक्री गर्न पाउने भएका छन् ।
सिडिएससीले माघ ४ गते साविक एनसिसी बैंकको ११ करोड ५१ लाख कित्ता कुमारी बैंकमा समायोजन गर्ने निर्णय गरेको हो । हाल कुमारीको १४ करोड ७१ लाख कित्ता शेयर रहेको छ । अव कुमारी बैकको नाममा २६ करोड २२ लाख ५८ हजार ६१३ कित्ता शेयर दोस्रो बजारमा सूचिकृत हुनेछ ।
दुबै बैंकले पुस २४ गते सिडिएससीलाई पत्राचार गर्दै साविक एनसिसी बैंकको १०० कित्ता बराबर कुमारी बैंकको पनि १०० कित्ता नै हुने गरी शेयर समायोजन गर्न अनुरोध गरेका थिए । दुई बैंकले गत पुस १७ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरेका थिए । दुबै बैंकले बराबरी हैसियतमा मर्जर सम्पन्न गरेका हुन् । अवको केहि समय भित्रै लगानीकर्ताले दोस्रो बजारमा खरिद बिक्री गर्न पाउने छन् ।
1674106317908