काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ ४ गते बुधबार दिउँस साढे तीन बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लभांश दिने भएको छ ।
हाल संस्थाको चुक्ता पूँजी ३८ करोड ४० लाख रुपैयाँ रहेको छ । यहि चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ५ करोड ७६ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने भएको हो । प्रस्तावित बोनस शेयर पछि संस्थाको चुक्ता पूँजी ४३ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउने छन् ।
1674040783649