काठमाडौं । गुराँस लाइफ सहित साविक मेगा बैंक र रुरु जलविद्युत कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । आज तीन कम्पनीको ८४ लाख ४७ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
नेपाल स्टक एक्सचेन्जमा गुराँस लाइफको १५ लाख ५१ हजार २०० कित्ता, मेगा बैंकको ६४ लाख ४८ हजार १८४.५८ कित्ता र रुरु जलविद्युतको ४ लाख ४८ हजार ४७६.०५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
गुराँस लाइफले आर्थिक वर्ष २०७६/७७ मा ७.४४२५ प्रतिशत बोनस शेयर दिएको थियो । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक सँग मर्ज भएको मेगाले गत आर्थिक वर्ष २०७८/७९ मा शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिएको थियो भने रुरु जलविद्युतले १० प्रतिशत बोनश शेयर दिएको थियो ।