काठमाडौं । आज नेप्शे परिसूचक ९ दशमलव ०१ प्रतिशतले घटेर २१७३ दशमलव १० को विन्दुमा कायम भएको छ । आज ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार रुपैयाँको कारोबार हुँदा सबैभन्दा धेरै पिपुल आइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य ३२६ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज बराही हाइड्रोपावर कम्पनीको शेयर ९ दशमलव ९९ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ४१६ रुपैयाँ कायम भएको छ । आज हिमालयन उर्जा बिकास कम्पनी लिमिटेडको शेयर ९ दशमलव ९९ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ४०६ रुपैयाँ कायम भएको छ ।