Connect IPS
IME Life

नासा सेक्यूरिटीजको २ योजना सार्वजनिकः ब्रोकरबाटै कर्जा लिएर शेयर खरिद गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नासा सेक्यूरिटीज कम्पनी लिमिटेडले मार्जिन कारोबारको साबिक योजनाहरु संशोधन गर्दै थप नयाँ दुई योजना सार्वजनिक गरेको छ । उक्त योजनामा लगानीकर्ताले शेयर ब्रोकरबाट कर्जा लिएर शेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोबार रहेको छ ।

नासाले थप गरिएको पहिलो योजना अन्तर्गत २५ लाख सम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार शुरु गर्न पाउनेछन् । यस योजना ३० दिने अवधिका लागि उपलब्ध हुने छ भने यसमा जम्मा शुल्क २४ हजार ५५५ रुपैयाँ लाग्नेछ ।

Prabhu
Crest

यसैगरी, दोस्रो योजना अन्तर्गत २५ लाख सम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि रहने र यसमा लाग्ने शुल्क भने ४९ हजार ९५५ रुपैयाँ रहेको नासाले जनाएको छ । साविक योजना अन्तर्गत १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले भने ३० र ५८ दिने अवधिका लागि ९ हजार ५५५ र १९ हजार ५५५ रुपैयाँमा कारोबार गर्न सक्नेछन् ।

कम्पनीले दुवै योजना ग्राहकहरुले आवेदन दिएको ५८ मिनेटसभत्र पूर्ण स्वीकृत गरी सेवा उपलब्ध गराउने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS