Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस शेयर कहिलेसम्म किन्दा पाइएला‍ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले घोषणा गरेको १६ प्रतिशत बोनस शेयर माघ १६ गतेसम्म खरिद गर्ने शेयरधनीहरुले पाउने भएका छन् । कम्पनीले माघ १७ गते साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्दैछ । बुक क्लोज भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले प्रस्तुत लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

हाल दोस्रो बजारमा शिखर कम्पनीको शेयर मूल्य ९४१ रुपैयाँ भन्दा माथि रहेको छ । हिजो मंगलबार शिखरको क्लोजिङ प्राइस ९४१ रुपैयाँ थियो । विगत एक वर्षको अवधिमा शिखरको शेयर मूल्य अधिकतम २१५७ रुपैयाँसम्म पुग्यो । बजार तल्लो विन्दुमा झर्दा ६९० रुपैयाँसम्म घट्यो ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी २ अर्ब ६४ करोड पुग्नेछ । यस सँगै निर्जीवन बीम कम्पनीहरु मध्ये शिखरले सबैभन्दा पहिला न्युनतम चुक्ता पूँजी जुटाउनेछ ।

कम्पनीले एकै पटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी माघ २५ गते १७ औं तथा १८ औं वार्षिक साधारणसभा डाकेको हो । माघ तीन गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को साधारणसभा आयोजना गर्ने निर्णय हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS