Connect IPS
IME Life

राष्ट्र बैंकले तयार पार्यो सुरपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टल, सम्पुर्ण विवरण यसै मार्फत पठाउनु पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपरिवेक्षकीय सूचना प्रणाली ‘एसआईएस रिपोर्टिङ पोर्टल’ को विकास गरेको छ । यस प्रणालीको विकास सँगै अव बैंक तथा वित्तीय संस्था र पुर्वाधार विकास बैंकहरुले समेत दैनिक तरलता विवरण अर्को कार्यदिनको मध्यान्ह १२ बजेसम्म र अन्तर बैंक कारोबारको विवरण कारोबार सम्पन्न गर्ना साथ सुपरिवेक्षकीय सूचना प्रणाली मार्पत नेपाल राष्ट्र बैंकमा पठाउनु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा पेश गर्नु पर्ने तथ्याङ्क तथा जानकारीहरु सुपरिवेक्षकीय सूचना प्रणालीमा तोकिए बमोजिमका रिटर्नहरु तथा एडहक तथ्याङ्क र विवरणहरु निर्धारित समयावधिभित्र पठाउनु पर्नेछ । यस व्यवस्था बमोजिम २०७८ असार एक गतेदेखि राष्ट्र बैंकमा पेश गर्नुपर्ने रिर्टनहरु सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा समेत अनिवार्य अध्यावधिक गर्नुपर्नेछ ।

Prabhu
Crest

अहिलेको अवस्थामा बैंकहरुले जति पनि विवरणहरु सुपरिवेक्षकीय सूचना प्रणालीमा पठाउनु पर्ने व्यवस्था छ ति सबै विवरणहरु सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा समेत अद्यावधिक गराउनु पर्ने भएको हो । यहि नियम विकास बैंक, माइक्रोफाइनान्स र पुर्वाधार विकास बैंकलाई समेत लागु हुनेछ ।

ब्याजदर संशोधन गरेको ७ दिनभित्र निक्षेप तथा कर्जाको ब्याजदर सम्बन्धी विवरण यहि सुपरिवेक्षकीय सुचना प्रणाली रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS