काठमाडौं । कारोबार समयमा लाभांश घोषणा गरे बापत कारोबार नै रोक्का रहेका तीन कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले आज महिला लघुवित्त, महुली लघुवित्त र साल्ट ट्रेडिङको कारोबार फुकुवा गरेको हो ।
तीन वटै कम्पनीले धितोपत्र सूचिकरण विनियमावली विपरित कारोबार समयमा लाभांश घोषणाको सूचना सार्वजनिक गरेका थिए । नेप्सेले साल्ट ट्रेडिङलाई पुस २८ गते तथा महिला र महुली लघुवित्तलाई पुस २६ गते स्पष्टिकरण सोध्नुका साथै कारोबार नै रोक्का गरिदिएको थियो ।
नेप्सेले उनिहरुलाई चेतावनी सहित कारोबार फुकुवा गरिदिएको हो । भोलि बुधबारदेखि दोस्रो बजारमा तीन वटै कम्पनीको शेयर कारोबार गर्न पाइनेछ ।