Connect IPS
IME Life

हवाई दुर्घटना: ६८ जनाको मृत्यु, कति पाउँछन् मृतकका परिवारले बीमा वापतको रकम ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइतबार यती एयरको पोखरामा विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए । दुर्घटनामा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रशियन, एक जना आयरल्याण्ड, एक जना अष्ट्रेलियन, एक जना अर्जेटिनी, दुई जना कोरियन, एक जना फ्रान्सेली गरि ६८ जना र चालक दलका ४ जना सहित ७२ जना थिए ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत गर्ने काम भइरहेको छ । हालसम्म १९ जनाको मात्रै सनाखत भएको छ । यो आन्तरिक उडान तर्फको अहिलेसम्मके सर्वाधिक ठुलो दुर्घटना हो । यस दुर्घटनाको क्षति मुल्याङ्कनका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत सिङ्गापुरबाट सर्भेयर झिकाएको छ । सर्भेयरले क्षति मूल्याङ्कन गरे पछि विदेशी पुनर्बीमा कम्पनीले नेपाली बीमा कम्पनीलाई दाबी रकम पठाउछ । नेपाली बीमा कम्पनीहरुले हवाइ बीमा बापतको जोखिम ०.३० प्रतिशत मात्रै बहन गर्ने गरेका छन् ।

Prabhu
Crest

प्रत्येक मृतकका परिवारलाई बीमा बापत २० हजार अमेरिकी डलर

आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने कानुनी व्यवस्था रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने व्यवस्था । आजको मितिमा एक अमेरिकन डलरको सटही दर १२९.८३ रुपैया रहेको कारण प्रतिमृतक उनका परिवारले करिब २५ लाख ९४ हजार रुपैयाँ पाउने छन् । यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बीमावापत बीमा कम्पनीले भुक्तानी गर्नेछ । त्यस्तै चालकदलका सदश्यहरुले बीमा बापत प्रतिव्यक्ति ४० हजार अमेरिकी डलर पाउने व्यवस्था छ ।

यहि हिसावले अहिलेसम्म मृत्यु भएका यात्रुको परिवारलाई बीमा कम्पनीले १६ करोड ६० लाख भन्दा माथिको दाबी भुक्तानी दिनु पर्नेछ । त्यस्तै चालक दलका सदश्यको हकमा २ करोड ६ लाख रुपैयाँ भुक्तानी दिनु पर्छ । यस हिसावले यात्रु बीमा बापत १८ करोड ६६ लाख बराबरको दाबी भुक्तानी दिनु पर्छ ।

यद्यपि यो रकम ज्यादै कम भएको भन्दै यसलाई संशोधन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लामो समयदेखि आवस्यक कानुनको मस्यौदामै सिमित गर्दै आएको छ । नेपालमा व्यवसायिक हवाई उडान सुरु भएदेखि नै यात्रुको बीमा रकम २० हजार अमेरिकी डलर थियो ।

नेपालमा व्यवसायिक उडान सुरु भएको ५५ वर्षदेखि नै आन्तरिक उडानमा हुने दुर्घटनाको बीमाशुल्क २० हजार अमेरिकी डलरबाट बढ्न सकेको छैन । यद्यपि अहिले अन्तर्राष्ट्रिय उडानका लागि प्रति यात्रु १ लाख डलरभन्दा बढीको बीमा हुने गरेको छ । अहिले नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (मोन्ट्रियल महासन्धि)को आधारमा बीमा रकम १ लाख डलरभन्दा बढी रहेको छ ।

सन् २०१८ सम्म नेपालका वायुसेवामा यात्रारत यात्रुको दुर्घटनाका कारण मृत्यु भएमा वार्सा महासन्धि र हेग प्रोटोकलअनुसार २० हजार अमेरिकी डलर मात्रै दिने गरिएको थियो । नेपालले मोन्ट्रियल महासन्धिमा हस्ताक्षर गरेसँगै हाल अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुका लागि करिब १ करोड ३० लाख बराबरको बीमा हुने गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

3%

खुसी

73%

दु :खी

7%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS