SKIP THIS

MLBL
IME Life
Beema Board

प्राइम, गुराँस र यूनियन लाईफ इन्स्याेरेन्सबीच मर्जरकाे अन्तिम सम्झाैता हुँदै, ‘हिमालयन लाईफ’ काे नामबाट काराेबार गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डाै‌ । तीन जीवन बीमा कम्पनीहरू प्राइम लाईफ, गुराँस लाईफ र यूनियन लाईफ इन्स्याेरेन्सबीच मर्जरकाे अन्तिम सम्झाैता पत्रमा आइतबार दिउँसाे हस्ताक्षर हुँदैछ। यी कम्पनीहरूबीच आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा २०७९ बैशाख २९ गते प्रारम्भिक सम्झाैता पत्रमा हस्ताक्षर भएकाे थियाे ।

अन्तिम सम्झाैता पत्रमा सहमतीसँगै यी तीनवटै कम्पनीले एकीकृत काराेबारका लागी साधारण सभा वा विशेष साधारण सभाबाट एकीकृत काराेबारका लागी अनुमाेदन गराउनुपर्नेछ । त्यसपछि कम्पनी रजिष्ट्रारकाे कार्यालय र नेपाल बीमा प्राधिकरणमा समेत एकीकृत कम्पनी दर्ता गरेपछि एकीकृत काराेबारका लागी प्राधिकरणबाट पूर्व सहमती प्राप्त गर्नुपर्नेछ । दुई महिनाभित्र एकीकृत काराेबार शुरु गर्ने तयारी भइरहेकाे छ। संभवत हिमालयन लाईफ इन्स्याेरेन्सकाे नामबाट एकीकृत काराेबार गर्नेछन् ।

Prabhu
Crest
एकीकृत काराेबार शुरु भएपछि स‌ंचालक समितिकाे नेतृत्व यूनियन लाईफ इन्स्याेरेन्सका अध्यक्ष शुलभ अग्रवालले गर्नेछन् । त्यसैगरी यूनियन लाईफ इन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले नै अस्तित्वमा आउने नयाँ  कम्पनीकाे प्रमुख कार्यकारीकाे जिम्मेवारी निर्वाह गर्ने सहमति भएकाे छ । साथै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा प्राइम लाईफका प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल, गुराँस लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल रहनेछन् ।

प्राइम लाईफ र गुराँस लाईफ २०६४ सालदेखि संचालनमा आएका हुन् भने यूनियन लाईफ इन्स्याेरेन्सले २०७४ सालदेखि जीवन बीमा व्यवसाय प्रारम्भ गरेकाे थियाे । प्राइम लाईफकाे मुख्य प्रवर्द्धक खेतान समूह गुराँस लाईफकाे दुगड समूह र यूनियन लाईफकाे शंकर समूह, गाेल्छा समूह लगायत मुख्य प्रवर्द्धक हुन् । यी तीन कम्पनीबीच एकीकृत काराेबार शुरु भएपछि जीवन बीमा कम्पनीकाे स‌ंख्या हालकाे १८ बाट १६ वटा मा सीमित हुनेछ ।

जीवन बीमा कम्पनीहरुकाे इतिहासमा पहिलाे मर्जर सम्झाैता सूर्या लाईफ र ज्याेती लाईफ इन्स्याेरेन्सबीच सफलतापूर्वक सम्पन भएर गत पाैष ७ गतेबाट एकीकृत काराेबार समेत शुरू भइसकेकाे छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%

खुसी

0%

दु :खी

28%

अचम्मित

2%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS