Connect IPS
IME Life

सिद्धार्थका सिइओ वैदवारको तलव सुविधा एक करोड ४० लाख, ५५ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र वैदवार क्षेत्रीको दोस्रो कार्यकालमा तलब भत्ता तथा अन्य सुविधाहरु ५५ प्रतिशतले बढेको छ । कम्पनीले बैदवारलाई २०७८ भदौमा दोस्रो कार्यकालका लागि थप गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा वैदवारलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा बापत एक करोड ४० लाख ५६ हजार ८०२ रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीले यस भन्दा अघिल्लो आर्थिक वर्षमा वैदवारलाई ९० लाख २८ हजार रुपैयाँ दिएको थियो ।

Prabhu
Crest

यस आर्थिक वर्षमा सञ्चालकहरुले बैठक भत्ता बापत १३ लाख ५० हजार रुपैयाँ तथा अन्य समितिको बैठक भत्ता वापत १५ लाख १४ हजार रुपैयाँ प्राप्त गरेका छन् । कम्पनीले अन्य पदाधिकारीहरुलाई पारिश्रमिक भत्ता तथा सुविधा बापत २ करोड ९५ लाख २१ हजार ९०८ रुपैयाँ भुक्तानी दिएको छ । कम्पनी भोलि २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाले शेयरधनीहरुका लागि भने ९ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गर्दैछ । शेयरधनीले ११ करोड ५९ लाख बराबरको बोनस शेयर प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

17%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS