काठमाडौं । व्याजदर घटेको सकारात्मक असर शेयर बजारमा पर्ने अनुमान विपरित नेप्सेमा आज ४० अंक माथिको गिरावट आएको छ । नेप्से ४१ दशमलव ०४ अंक घट्दै २१४९ दशमलव ३९ विन्दुमा बन्द भएको छ । कारोवार रकम ५ अर्ब ४७ करोड माथि रहेको छ ।
सर्वाधिक शेयर कारोवार गर्ने शिर्ष ५ ब्रोकर मध्ये ब्रोकर नम्बर ५८ बाहेक सबैबाट बिक्रीको तुलनामा खरिद धेरै भएको छ ।
आज ब्रोकर नम्बर ५८ बाट सर्वाधिक धेरै कारोवार भएको छ। उक्त ब्रोकरबाट ३३ करोड ११ लाख बराबरको शेयर खरिद हुँदा ३६ करोड ७० लाख बराबरको शेयर बिक्री भएको छ । सो ब्रोकरबाट खरिदको तुलनामा ३ करोड ५९ लाख धेरै बिक्री भएको छ।
दोश्रोमा सर्वाधिक शेयर कारोवार गर्ने ब्रोकर नम्बर ४९ रहेको छ । सो ब्रोकरबाट २७ करोड ८३ लाखको खरिद हुँदा २६ करोड ०९ लाखको बिक्री भएको छ ।