काठमडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ०२ अंकले घटेर २,१४९ दशमलव ४१ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मुल्य बढेको छ भने १८४ कम्पनीको शेयर मुल्य घटेको छ । आज ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै कुमारी धनबृद्धि योजनाको बृद्धि भएको छ ।
आज कुमारी धनबृद्धि योजना १० दशमलव ०२ प्रतिशतले बढेको छ । आज सिङगटी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बाराही हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।