Connect IPS
IME Life

शेयर बजारमा करेक्सन कायमै, साताको अन्तिम दिन ४१ अंकको गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साढे तीन सय अंकले सुधारिएको शेयर बजारमा लगातार दुई कारोबारदिनदेखि करेक्सन भएको छ । गत मंगलबार नेप्से सूचक २१ अंकले घटेकोमा आज विहीबार थप ४१ अंकले घटेको छ । एक चरणको राजनीतिक कोर्ष पुरा भए सँगै शेयर बजारमा करेक्सन देखिएको हो ।

डेड वर्षदेखि डिप्रेस बजारमा नयाँ राजनीतिक समिकरण सँगै गठन भएको नयाँ सरकारका कारण शेयर बजारमा एका एक उछाल आएको थियो । यस भन्दा अघिल्ला दुई बुलका अर्थमन्त्री विष्णु प्रसाद पौडेल तेस्रो पटक अर्थमन्त्रीमा नियुक्त भए सँगै शेयर बजारमा साढे तीन सय अंकले सुधार भएको थियो ।

Prabhu
Crest

डेढ वर्षमा साढे १३ सय अंकले घटेको शेयर बजारमा साढे तीन सयको सुधारमा पनि करेक्सन भएको हो । शेयर बजार एकोहोरो सुधार हुनु राम्रो मानिदैन । करेक्सन हुँदै विस्तारै विस्तारै सुधार हुँदा शेयर बजार टिकाउ हुन्छ । यसलाई एकुमुलेसन फेज पनि भनिन्छ । बजार सुधार हुँदा भएको मुनाफालाई बुक गर्दै त्यो नाफालाई पुनः शेयर बजारमा लगानी गर्ने अवस्था बन्यो भने लगानीकर्ताले राम्रै आम्दानी गर्न सक्छन् । अर्को तर्फ बैंकर्स संघले निक्षेपको व्याजदर घटाएको छ । निक्षेपको व्याजदर घट्दै गर्दा बैंकहरुले कर्जाको व्याजदर पनि घटाउन थाल्ने छन् । यदि कर्जाको व्याजदर घट्यो भने शेयर बजारमा अर्को मुभमेन्ट आउनेछ ।

बिहीबार नेप्से सूचक ४१.०२ अंकले घटेर २१४९.४१ अंकमा रोकिएको छ । दुई कारोबार दिनमा ६२ अंकले घटेको छ । लागतार दुई दिन बजार घट्दा आज अधिकाम्सले शेयर बिक्री गरेर नाफा बुक गरेका छन् । आज ५ अर्ब ४७ करोडको कारोबार भएको छ । आज २१ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १८४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । आज व्यापारको सूचक बाहेक सम्पुर्ण सूचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS