काठमाडौं । नेपाल स्टक एक्सचेन्जले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । धितोपत्रको मूल्यमा प्रभाव पर्ने गरी कम्पनीले लाभांश सम्बन्धी निर्णय सार्वजनिक गरेको भन्दै नेप्सेले स्पष्टीकरण माग गर्दै कारोबार रोक्का गरेको हो ।
नेप्सेका अनुसार कम्पनीले पुस २८ गते बिहान ८ः३० बजे सञ्चालक समितिको बैठकले गरेको लाभांश वितरणको निर्णय नेप्सेलाई ११ः१३ मा गराएको थियो । धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने हुन्छ ।
कम्पनीले धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम सूचना उपलब्ध नगराएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो ।
1673505635452