IME Life
Beema Board

आकर्षक लाभांश दिएको हिमालयन डिष्ट्रिलरीका सिइओ पोखरेलको तलब सुविधा ७६ लाख ५० हजार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयरधनीलाई बम्पर बोनस दिएको हिमालयन डिष्ट्रिलरीका प्रमुख कार्यकारी अधिकृतको वार्षिक तलब सुविधा भने ७६ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद पोखरेललाई तलब भत्ता तथा सुविधा बापत ७६ लाख ५० हजार ३८२ रुपैयाँ भुक्तानी गरेको हो ।

पोखरेल २०२० नोभेम्बरमा सिइओ पदमा नियुक्त भएका थिए । स्नातक तहसम्मको अध्ययन गरेका पोखरेल हिमालयन डिष्ट्रिलरीको प्रारम्भिक अवस्थादेखि कार्यरत थिए । यसै क्रममा उनि जावलाखेल ग्रुप अफ इन्ड्रष्ट्रिजको प्रमुख प्रशाशसक पनि भए । नेपाल सिआरएस कम्पनीमा पनि निर्देशक पदमा रहेर काम गरेका थिए ।

Prabhu
Crest

हिमालयन डिष्ट्रिलरीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभाश दियो । हिजो पुस २७ गते सम्पन्न वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । पछिल्लो समय यो कम्पनी दोस्रो बजारमा ब्लुचिप कम्पनीको रुपमा परिचित छ । बजार मूल्य र कम्पनीले दिदै आएको लाभांशले लगानीकर्ता आकर्षित छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS