काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । बैंकको पुस २६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना संचालक निर्वाचित भएका हुन् ।
संस्थापक समूहबाट चिन्तामणी भट्टराई, गौ माता इन्भेष्टमेन्ट कम्पनीका तर्फबाट रामचन्द्र सिग्देल, स्याकार कम्पनी प्रालिको तर्फबाट प्रविन कृष्ण श्रेष्ठ चयन भएका छन् । साथै सर्वसाधारण समूहतर्फबाट गणेश राज रेग्मी, उपठ्ठान एण्ड कम्पनीको तर्फबाट अर्जुन थापा र काविशा इन्भेष्टमेन्ट प्रा.लि.को तर्फबाट केशव खतिवडा चयन भएका छन् ।
त्यस्तै, नयाँ संचालक समिति गठनपश्चात् समितिको अध्यक्षमा चिन्तामणी भट्टराईलाई नियुक्त गरिएको छ ।
1673352595397