IME Life
Beema Board

एमाले सांसद भट्टचनको कारण प्रभु र अजोडको मर्जर भाडियो, युनाइटेड र अजोड विच संझौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एमाले संसाद तथा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनका कारण प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी विचको मर्जर भाडिएको छ । भट्टचनले प्रारम्भिक सहमति भन्दा पनि तल झरेर स्वाप रेसियो कायम गर्न खोजे पछि मर्जर भाडिएको हो । स्रोतका अनुसार उनकै दम्भका कारण मर्जर हुन नसकेको हो ।

दुई कम्पनीले असार ३२ गते १०० बराबर ७० को अनुपातमा मर्जर गर्ने सहमति गरेका थिए । तर अहिले आएर अजोडलाई प्रभु समुहले ६० मात्रै दिन खोजे पछि अजोड समुह रुष्ट भएको हो । दुई कम्पनी विच प्रारम्भिक सहमति लगत्तै असन्तुष्टी सिर्जना हुँदै आएको थियो ।

Prabhu
Crest

अजोड समुहले सञ्चालकहरुलाई न्युनतम स्वाप रेसियोमा सहमति गरेको भन्दै आक्रोस पोख्दै आएका थिए । अर्को तर्फ अजोडका कर्मचारीको भन्दा प्रभुका कर्मचारीको सेवा सुविधा कम थियो । यसले गर्दा अजोडका कर्मचारी पनि मर्जरको पक्षमा थिएनन् । तर सञ्चालक समितिले मर्जरलाई भाड्न खोजेको थिएन ।

अजोडले संस्थापक शेयरधनीको शेयर सर्वसाधारणमा कन्भर्जन गर्न खोज्दा सुरुमा प्रभु समुहले अवरोध गरेको थियो । प्रभु समुहले शेयर कन्भर्जन गर्न नमाने पछि अजोड प्राधिकरण पुग्यो । प्राधिकरणले सहमति दिए पछि अजोडले विशेष साधारणसभा बोलाएर ७० प्रतिशत संस्थापक शेयरलाई ५१ प्रतिशतमा झार्ने विशेष निर्णय पारित गर्यो ।

अजोडले जवरजस्ती शेयर कन्भर्जन गरे पछि प्रभु समुह अजोड सँग आक्रोसित थियो । अजोडको अहिलेको संस्थापक शेयरको हिस्साबाट प्रभु समुहले मर्जर पछि लाभ दिन जवरजस्ती पेल्दै आएको थियो । आफ्नो स्वार्थ पुरा नभए पछि प्रभु समुहले डिडिए प्रतिवेदन अनुसार मर्जर हुनुपर्ने अडान राख्यो । डिडिए प्रतिवेदन अनुसार अजोडलाई ६० प्रतिशत मात्रै दिन सकिने बताए पछि अजोड नेपाल बीमा प्राधिकरण समक्ष पुगेको थियो ।

मर्जर सम्मानजनक नभएको भन्दै अजोड समुहले प्राधिकरण समक्ष भाड्नका लागि सहमति माग्यो । दुबै कम्पनीको संयुक्त मर्जर कमिटिले पनि अव मर्जर गर्न नसकिने लिखित जानकारी गराए पछि विधिवत रुपमै मर्जर भाडिएको हो । तर प्राधिकरणले अर्को जोडि खोज्ने सर्तमा सहमति दिने संकेत दिए पछि कम्पनीले युनाइटेड सँग कुरा अगाडी बढायो । युनाइटेड र अजोडलाई मर्जरमा जान प्राधिकरणले प्रारम्भिक सहमति जनाइसकेको छ । प्राधिकरणकै सहमतिमा दुई कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी दावाले हिजै प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । युनाइटेडका अध्यक्ष रविभक्त श्रेष्ठ र अजोडका अध्यक्ष आजाद श्रेष्ठको उपस्थितिमा उनिहरुले हस्ताक्षर गरेका हुन् । युनाइटेड र अजोड विच स्वाप रेसियो १०० बराबर ९० को अनुपातमा मर्जर गर्ने प्रारम्भिक सहमति भएको छ ।

मर्जर पछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स राख्ने सहमति भएको छ । प्रमुख कार्यकारी अधिकृतमा अजोडका कुमार बहादुर खत्री हुने जनाइएको छ । अध्यक्षमा भने अहिलेसम्म सहमति भइसकेको छैन । प्राधिकरणले हिजै दुई कम्पनीलाई मर्जरमा जानका लागि सहमति प्रदान गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

7%

अचम्मित

0%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS