Connect IPS
IME Life

कालीगण्डकी गाउँपालिका र गल्याङ नगरपालिकामा बीमा प्राधिकरणको बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा प्राधिकरणले पछिल्लो समय देशको विभिन्न ठाउँहरुमा गएर बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यसैक्रममा बीमा प्राधिकरणले यही पुस २४ गते कालीगण्डकी गाउँपालिका जैपते, स्याङजाको श्री विरेन्द्र माध्यमिक विद्यालय र पुस २५ गते गल्याङ नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

गल्याङ नगरपालिकामा प्राधिकरणले स्थानीय सरोकारवालाहरुसँग बीमा सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेको थियो । उक्त नगरपालिकामा भएको कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरणका उप निर्देशक केशव प्रसाद दाहालले गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा नगर प्रमुख गुरु प्रसाद भट्टराई, विशेष अतिथीको रुपमा नगर उप प्रमुख हेमा न्यौपाने मिमिल्सीना र प्रमुख प्रशासकीय दामोदर शर्मा रहेका थिए ।

Prabhu
Crest

कार्यक्रमको संचालन प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका कम्प्युटर प्राविधिक कृष्णराज अधिकारीले गरेका थिए ।

कार्यक्रममा प्राधिकरणका उप निर्देशक दाहालले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उनले समग्र बीमा विषयमा प्रस्तुती दिनुका साथै प्रदेशगत रुपमा बीमाको पहुँच लगायत समसामयिक विषयमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा सहभागी स्थानीयहरूले बीमा प्राधिकरणले बीमालाई सहजरूपमा स्थानीय स्तरमा र्पुयाउन र छिटो दाबि भुक्तानीका लागि सहजिकरण गरिदिनुपर्ने कुरा राखेका थिए । प्राधिकरणका उप निर्देशक दाहालले स्थानीयहरुको उक्त गुनासोलाई सम्बोधन गर्दै यस विषयलाई प्राथामिकता दिइने जनाए । त्यस्तै, नगर प्रमुखले कृषि बीमालाई प्रोत्साहान गर्नका लागि नगरले २० प्रतिशत अनुदान दिएको कुरा बताए ।

उक्त कार्यक्रममा नगरपालिकाकी नगर उप प्रमुख न्यौपानले बीमा प्राधिकरणलाई बीमा सम्बन्धि कार्यक्रम लिएर आई धेरै कुरा जनाकारी दिएकोमा स्वागत तथा धन्यवाद ज्ञापन गरेकी थिइन ।

त्यसैगरी प्राधिकरणले पुस २४ गते कालीगण्डकी गाउँपालिकाको श्री वीरेन्द्र माध्यमिक बिद्यालयमा बिद्यार्थीहरुसँग बीमा सम्बन्धी जनचेतनामुलक छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको थियो ।

उक्त गाउँपालिकामा भएको कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरणका उप निर्देशक केशव प्रसाद दाहालले गरेका थिए । कार्यक्रमको संचालन प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका कम्प्युटर प्राविधिक कृष्णराज अधिकारीले गरेका थिए ।

कार्यक्रम विद्यालयका प्राध्यापक ठग वीर राणा, सह प्रध्यापक कमल प्रसाद न्यौपानेको समुपस्थितीमा संचालन भएको थियो । कार्यक्रममा प्राधिकरणका उप निर्देशक दाहालले आफ्नो कार्यपत्र प्रस्ततु गर्दै बिद्यार्थीहरुलाई बीमा सम्बन्धी जानकारी दिएका थिए ।

उक्त विद्यालयका प्राध्यापक लगायत विद्यालय परिवार बीमा प्राधिरणको यस्तो उपलब्धीमुलक कार्यक्रमप्रति सकारात्मक रहेको कुरा बताउँदै धन्यवाद ज्ञापन गरे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS