Connect IPS
IME Life

एक चरणको राजनीतिक कोर्ष पुरा भए सँगै शेयर बजारमा करेक्सन, ठुला लगानीकर्ताको नाफा बुक पछि के होला ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजदेखि एक चरणको राजनीतिक कोर्ष पुरा भए सँगै शेयर बजारमा करेक्सन देखिएको छ । अहिलेको सरकार गठन प्रकृयाँ सुरु भएदेखि बढ्न थालेको शेयर बजारमा मंगलबार २१.३५ अंकको गिरावट भएको छ । प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत प्राप्त गरे पछि भोलिदेखि करेन्सन हुन सक्ने आकलन गरिएको थियो ।

तर लगानीकर्ताले भोलिदेखि करेक्सनको अनुमान लगाउदै आजै शेयर बिक्री गरेका छन् । यसरी ठुला तथा साना लगानीकर्ताले नाफा बुक गर्दा आज ८ अर्बको कारोबार भएको छ । नेकमा माओवादीले नेपाली कांग्रेस सँगको गठबन्धन टुटाउदै नेकपा एमाले सँग एकता गरे पछि अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल भित्रिएका थिए । पौडेलको इन्ट्रि सँगै शेयर बजारमा साढे तीन सयको सुधार भयो ।

Prabhu
Crest

अर्थमन्त्रीका केहि सकारात्मक पहलले लगानीकर्ताको मनोविज्ञान बढेको छ । अवको बजार सुधारको लय उनको कदम र सरकारले गर्ने काममा भर पर्नेछ । अहिलेको सरकारले बैंकिङ तरलता समाधान गरि व्याजदर घटाउने प्रतिवद्धता व्यक्त गर्दै आइरहेको छ । यदि सरकारले भने अनुरुप व्याजदर घट्यो भने शेयर बजारले पुनः सुधारको लय लिने विश्लेषकहरु बताउछन् ।

मंगलबार नेप्से सूचक २१.३५ अंकले घटेर २१९०.४२ अंकमा झरेको छ । बाणिज्य बैंक र म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचकमा गिरावट भएको छ । गएका दिनमा जलविद्युत, बीमा लगायतका सूचकमा उल्लेख्य सुधार देखिएको थियो । आज यहि समुहका लगानीकर्ताले शेयर बिक्री गरेका छन् । नाफा बुक गर्नेले शेयर बिक्री गर्दा कारोबार रकम पनि ७ अर्ब ६५ करोड नाघेको छ ।

आज ५३ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिए पनि १५१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । जलविद्युत समुहका कम्पनीको शेयर कारोबार सबैभन्द धेरै भएको छ । तल्लो विन्दुमा रहेको बाणिज्य बैंकको शेयरमा भने लगानीकर्ता आकर्षित भएका छन् । यो विगतका दिनमा सुधार हुँदा बढेका कम्पनीमा देखिएको करेक्सन भएकाले पनि लगानीकर्ता बाणिज्य बैंकमा आकर्षित भएका हुन् ।

आज ठुला लगानीकर्ताले नाफा बुक गरे पनि उनिहरु पुनः बजारमा प्रवेश गर्ने अवस्था रहेको विश्लेषकहरु बताउछन् । आज विश्वासको मत पाए सँगै अवको सरकार साढे २ वर्षसम्म टिक्नेछ । सरकारले हिजो मात्रै सार्वजनिक गरेको साझा नीति तथा कार्यक्रममा अर्थतन्त्र सुधारका विषय बढि समेटिएका छन् । सरकारले घट्दो शेयर बजारलाई समेत संबोधन गरेको हुँदा अवका दिनमा नेपाल राष्ट्र बैंक लगायत अन्य क्षेत्रको छायाँ पर्ने देखिदैन । त्यसमा पनि अर्थमन्त्री र गभर्नर एउटै पार्टीको भएकाले गएका वर्षमा जस्तो नाजुक अवस्था बन्ने देखिदैन । त्यसैले पनि केहि दिनको करेक्सन पछि शेयर बजार पुनः सुधारकै लयमा फर्किने विश्लेषण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

72%

खुसी

0%

दु :खी

24%

अचम्मित

0%

उत्साहित

4%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS