Connect IPS
IME Life

महालक्ष्मी लाइफका सिइओ भट्टराईको कार्यकाल थप्न प्राधिकरणले दियो अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको कार्यकाल थप्न अनुमति दिएको छ । उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न अनुमति प्रदान गरेको हो ।

भट्टराईको कार्यकाल यहि पुस १७ गते सकिएको थियो । कम्पनीको सञ्चालक समितिले गत २३ गते नै प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्ति गर्ने निर्णय गरेको थियो । तर प्राधिकरणको अनुमति आउनु पर्ने भएकाले अहिलेसम्म नियुक्त गर्न सकेको थिएन ।

Prabhu
Crest

आज प्राधिकरणले पुनः नियुक्त गर्न अनुमति दिए सँगै कम्पनीलाई अवको चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न बाटो खुलेको हो । बैंकिङ र बीमा क्षेत्रमा चार दशक भन्दा लामो अनुभव हासिल गरेका भट्टराइईलाई पहिलाको भन्दा केहि तलब सुविधा थप हुने गरी अनुमति दिएको हो । महालक्ष्मी लाइफको स्थापनाकालदेखि नै सक्रिय भट्टराईलाई दोस्रो कार्यकाल पनि सुम्पिएको छ । प्रभु लाइफ सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका कारण उनको नियुक्तिमा प्राधिकरणले केहि ढिलाइ गरेको हो ।

उनले वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका छन् । बीमा तथा बैकिङ क्षेत्रमा झण्डै चार दशकको कार्य अनुभव रहेको छ । उनीले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको रुपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २२ वर्ष र महालक्ष्मी लाइफमै ४ वर्ष सहित २६ वर्ष भन्दा बढि समय  भन्दा बढी अवधि कार्य गरेका छन् । यसरी चार दशकको अवधिमा भट्टराईले साढे दुई दशक सिइओकै पदमा रहेर काम गरिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS