काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कायममुकायम गर्भनर डा. निलम ढुंगाना तिमल्सिनाले उक्त एपको उद्घाटन गरेकी हुन् ।
आफ्ना ग्राहकलाई प्रविधि प्रयोगमार्फत् सुलभ र सहज सेवा प्रदान गर्न एप् सञ्चालनमा ल्याइएको लघुवित्तले जनाएको छ । लघुवित्तका अनुसार एपको माध्यमबाट किस्ताको अनलाइन भुक्तानी, विजुली बत्तीदेखि घरायसी प्रयोजनका बिल भुक्तानी, तथा व्यक्तिगत खाताको विवरण हेर्ने लगायतका सुविधा प्राप्त गर्न सकिन्छ । यस एप् मोबाईल फाइनान्स टेक्नोलोजी प्रालिले विकास गरेको हो ।
छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्माका अनुसार सञ्चालनमा ल्याइएको एपमा हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरिरहेका एप् बराबरकै फिचरहरू रहेका छन् । समाज र समय विस्तारै डिजिटल युगमा अभ्यस्त भएको बताउँदै शर्माले छिमेक लघुवित्त मुलुककै पुरानो र अग्रणी लघुवित्त भएकोले ग्रामिण क्षेत्रमा पनि डिजिटल बैंकिङ सेवालाई थप प्रोत्साहित गर्न एपले सहयोग गर्ने बताए ।
हालसम्म कम्पनीले नेपालका ६९ जिल्लाका आफ्ना १९५ शाखाहरू मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।