IME Life
Beema Board

मर्जर पछिको ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए शपथ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जर पछि आजै एकिकृत कारोबार सम्पन्न गरेको ग्लोबल आइएई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले मर्जर पछि आजदेखि एकिकृत कारोबार गरेका छन् । एकिकृत कारोबारको शुभारम्भ प्रधानमन्त्री पुष्प कमल दाहालले गरेका हुन् । फाइनान्सबाट सुरु भएको ग्लोबल आइएमई आजको दिनमा विभिन्न बैंकहरुलाई मर्जर गर्दै गराउदै सबैभन्दा ठुलो बैंक बन्न सफल भएको छ । अहिलेसम्मको अवस्थामा पूँजी, निक्षेप, कर्जा लगानी, शाखा सञ्जाल, कर्मचारी संख्या सबै सूचकमा ग्लोबल आइएमई पहिलो नम्बरमा उक्लिएको छ । अन्य बैंकहरु पनि मर्जरकै क्रममा भएकाले पहिलो नम्बरलाई कायम गर्न भने गाह्रो छ ।

Prabhu
Crest

मर्जर पछि बनेको सञ्चालक समितिमा चन्द्र ढकाल सहित ग्लोबल आइएमईको तर्फबाट ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना सञ्चालक चयन भएका छन् । अध्यक्षले गभर्नर समक्ष सपथ ग्रहण गरे सँगै उनले अन्य सञ्चालकहरलाई सपथ ग्रहण गराउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS