काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक बढेको छ । आज बजार ४६ दशमलव ७६ अंकले बढेर २,२११ दशमलव ३८ को विन्दुमा कायम भएको छ । बजार बढेसँगै आज लगानीकर्ताहरु उत्साहित भएका छन् । आज दिनभरिमा २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपौँको शेयर कारोबार भएको छ ।
आज सबैभनदा धेरै रिडी पावर कम्पनीको शेयर किनबेच भएको छ । आज कम्पनीको २० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुपको १६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।