Connect IPS
IME Life

एमडिआरटी २०२३ मा योग्य २० अभिकर्तालाई रिलायन्स लाइफले गर्यो भव्य सम्मान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एमडिआरटी २०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई भब्य कार्यक्रमका बीच सम्मान गरेको छ । सो कार्यक्रम काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा माघ २२ गते आयोजना गरिएको थियो । कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्ट, एमडिआरटी अभिकर्ताहरु, रिजनल मेनेजर का साथै ब्रान्च मेनेजरहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्टद्वारा २० एमडिआरटीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कम्पनीका सीइओ राकेश पोखरेलले,एमडिआरटी अभिकर्ताहरुले आफ्नो व्यवसायमा प्रदर्शन गरेकोे अठोट र अथक परिश्रमले गर्दा नै निरन्तर प्रतिष्ठित एमडिआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाउन सफल भएको र संगै कम्पनीको गरिमा पनि बढाएकोमा सहर्ष धन्यबाद व्यक्त गरेका थिए ।

Prabhu
Crest

उनले आगामी दिनमा कम्पनीले थप उत्कृष्ट प्रशिक्षण ,आकर्षक स्किम लगायतका कार्यक्रम ल्याई हौसला प्रदान गर्ने र त्यस्ता कार्यक्रमले थप एमडिआरटी अभिकर्ताहरु कम्पनीले जन्माउनेमा विश्वास ब्यक्त गरे । साथै रिलायन्स लाइफ इन्स्योरेन्सले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गरी निकट भबिष्यमा इन्स्योरेन्स क्षेत्रको ‘बेञ्च माकर्’ कम्पनी बन्नेमा प्रतिब्धता ब्यक्त गरे ।

साथै, टिओटी बोड तथा एमडिआरटी नमिता न्यौपानेले, भब्य सम्मान कार्यक्रमको लागि कृतज्ञता ब्यक्त गरिन् । कम्पनीको निरन्तर सहयोग तथा मार्गदर्शन प्राप्त भएको र आगामी दिनमा थप हौसला प्राप्त हुनेमा विश्वास ब्यक्त गरिन् । उनले उत्कृष्ट व्यवसायिक नतिजाको लागि कम्पनि र अभिकर्ताको बीच निरन्तर सल्लाह र सुझाव आदान प्रदान हुनुपर्नेमा जोड दिइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS