काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिनको लागि २ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो ।
यो ट्रेजरी माघ २४ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ८ अर्बको ट्रेजरी जारी गरिँदैछ । यो ट्रेजरी चैत २८ गते परिपक्व हुनेछ । त्यस्तै १८२ दिनको लागि ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ । यो ट्रेजरी २०८० असार २६ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।