IME Life
Beema Board

प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गरे ग्लोबल र बैंक अफ काठमाण्डूको एकिकृत कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकिकृत कारोबारको शुभारम्भ गरेका छन् । ग्लोबलले आजदेखि बैंक अफ काठमाण्डूलाई प्राप्ति गरि एकिकृत कारोबार गर्न सफल भएको छ ।

एकिकृत कारोबार शुभारम्भ समारोहलाई संबोधन गर्दै प्रधामन्त्री प्रचण्डले निजी क्षेत्र, पूँजीबजार, सहकारी, बीमा लगायत सबै क्षेत्रसँग समन्वय गरेर अर्थतन्त्रलाई सबलीकरण गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् । अर्थतन्त्रका क्षेत्रमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्री र गभर्नर सँग समन्वय गर्दै छलफल गरिरहेको उनले बताए ।

Prabhu
Crest

मर्जर पछि बैंकहरुको क्षमता बढेको भन्दै उनले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । अर्थतन्त्तलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई वस्तुपरक रुपमा घनीभुत गराउने निर्णय लिएको उनले बताए ।

अर्थतन्त्रका समस्या समाधानका लागि सरकार छिटो, छिटो प्रभावकारी दिशामा अघि बढिरहेको समेत उनले जानकारी दिए । सरकारको न्युनतम साझा कार्यक्रममा पनि दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारिएको उनले बताए ।

यहि कार्यक्रमलाई संबोधन गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले अपेक्षा पुरा नगर्दा मर्जरको नीति लिनु परेको बताएका छन् । उनले पनि मर्जर सँगै बढेको पूँजी उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्न जोड दिएका छन् ।

दुवै बैंकले गत मङ्सिर २३ गते साधारणसभाबाट एकापसमा गाम्भे/गाभिने सम्बन्धी प्रस्ताव पारित गरेका थिए । राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि ‘ग्लोबल आइएमई बैंक’को नामबाट एकीकृत कारोबार सुरु भएको हो । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान कमलादीमा हुने छ ।

मर्जर पछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड पुगेको छ । दुबैको निक्षेप जोड्दा ४ खर्ब र कुल कर्जा लगानी तीन खर्ब ७९ अर्ब पुग्नेछ । अव बैंकको शाखा सञ्जाल ३६५ र एटिएम ३६७, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु हुनेछन् ।

मर्जर पछि पनि ग्लोबलकै प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य नै भएका छन् । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डुका तर्फबाट दुई जना रहने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS