IME Life
Beema Board

एनआइसी एशियाका सिइओ न्यौपानेको तलब सुविधा २ करोड ३४ लाख, सञ्चालकको बैठक भत्ता एक करोड माथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयरधनीहरुलाई लाभांश दिन नसकेको एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानले एक वर्षमा २ करोड ३४ लाख तीन हजार रुपैयाँ बराबरको तलब भत्ता तथा अन्य सुविधाहरु बुझेका छन् ।

न्यौपानेले गत आर्थिक वर्ष २०७८/७९ मा भत्ता सहित कुल वार्षिक तलब बापत एक करोड ८० लाख रुपैयाँ प्राप्त गरेका छन् । नियम अनुसार उनले कर्मचारी बोनस बापत ५२ लाख ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् । बैंकले उनलाई अन्य सुविधा बापत ९० हजार मात्रै दिएको छ । बाणिज्य बैंकहरु मध्ये सर्वाधिक मुनाफा आर्जन गर्न सफल बनाएका न्यौपानेलाई बैंकले प्रोत्साहन भत्ता भने दिएको छैन ।

Prabhu
Crest

यस आर्थिक वर्षमा बैंकको कुल कर्मचारी खर्च भने ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । सर्वाधिक धेरै कर्मचारी मुभमेन्ट हुने यस बैंकले कर्मचारीहरुलाई टिकाउन सकिरहेको छैन । प्रमुख कार्यकारी अधिकृतमा पनि न्यौपाने यस्ता व्यक्ति हुन् जसले सफलतापुर्वक दोस्रो कार्यकाल सम्हालिरहेका छन् ।

बाणिज्य बैंकहरु मध्ये एनआइसी आक्रामक बैंकका रुपमा चिनिन्छ । राष्ट्र बैंकले पूँजीकोष अनुपात कायम नगरेको भन्दै पछिल्ला दुई आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न समेत दिएको छैन । बैंकमा सञ्चालक समितिका पदाधिकारीहरु सर्वाधिक हाबी हुने गरेको पाइन्छ ।

बैंकले गत आर्थिक वर्षमा सञ्चालक समितिका पदाधिकारीहरुलाई बैठक भत्ता बापत एक करोड २ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत वर्षमा १८३ वटा सञ्चालक समितिको बैठक बसेको देखिन्छ ।  यहि रोग नेपाल लाइफमा पनि छ । नेपालका सञ्चालकले अनावस्यक रुपमा सञ्चालक समितिको बैठक बसेर भत्ता बुझेको पाइए पछि नेपाल बीमा प्राधिकरणले कारबाही नै गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS