IME Life
Beema Board

लक्ष्मी र सनराइज बैंक मर्ज हुँदै, चुक्ता पूँजी साढे २१ अर्ब नाघ्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको मर्जरको लहर चलिरहेको छ । यस सातामा ६ वटा बैंक मर्जर भएर तीन वटा हुँदै छन् । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकिकृत कारोबारको मिति तय गरिसकेका छन् । यससँगै, लक्ष्मी र सनराइज बैंकले पनि मर्जरमा जाने सहमती गर्ने तयारी गरेका छन् । यी बैंकले भोलि सोमबार सम्झौतापत्रमा हस्ताक्षर गर्ने जनाएका हुन् ।

पुसभित्र मर्जर गरी एकीकृत कारोबार गरेमा राष्ट्र बैंकले विभिन्न सुविधा दिने भएकाले बैंकहरुले धमाधम जोडी खोजी मर्जर गर्दै आइरहेका छन् भने कतिपय बैंकहरु मर्जरको प्रक्रियामा लागिरहेका छन् । लक्ष्मी र सनराइज बैंकले १ः१ को शेयर आदन प्रदान गर्ने गरी मर्ज हुन लागेका हुन् । अर्थात लक्ष्मी बैंकको १ सय कित्ता शेयर हुनेले सनराइज बैंकको पनि १ सय कित्ता नै शेयर पाउने गरी मर्जरमा जान लागेका हुन् ।

Prabhu
Crest

मर्जरपछि बन्ने बैंकको अध्यक्षमा लक्ष्मी बैंकबाट हुने र प्रमुख कार्यकारी अधिकृत सिइओ भने दुवै बैंकबाट सहमतिमा राखिने भएको छ । मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ। लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ । सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ छ। समान हैसियतमा मर्ज भएभने बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

59%

खुसी

0%

दु :खी

18%

अचम्मित

0%

उत्साहित

24%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS