Connect IPS
IME Life

बैंकको शेयरमा सुधारै नभइ नेप्से सूचक २५ अंकले बढ्यो, बीमा कम्पनीमा सर्वाधिक सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्ला केहि कारोबारलाई हेर्यो भने बाणिज्य बैंकहरुको शेयर मूल्य बढ्न सकेको छैन । तर नेप्से सूचकमा भने उल्लेख्य सुधार भइरहेको छ । आजको शेयर कारोबारमा पनि बाणिज्य बैंकको सूचक १२.२५ अंकले बढेको छ ।

दोस्रो बजारमा सर्वाधिक धेरै हिस्सा रहेको बाणिज्य बैंकको सूचकमा गिरावट आए पनि समग्र नेप्से सूचक भने २०.५५ अंकले सुधार भएको छ । आज नेप्से सूचक सुधार सँगै २१६४.४८ अंकमा रोकिएको छ । सूचक सँगै कारोबार रकम पनि ५ अर्ब ४५ करोड नाघेको छ ।

Prabhu
Crest

बाणिज्य बैंकहरु मर्जरमा जादा शेयरधनीहरुमा खासै उल्लास छैन । मर्जर पछि बाणिज्य बैंकको शेयर सप्लाइ थप बढ्ने हुँदा अवका दिनमा बाणिज्य बैंकको शेयरमा खासै बृद्धि नहुने लगानीकर्ताको प्रक्षेपण छ । जसरी थोरै शेयर सप्लाइ भएका कम्पनीमा दुई चार जना मिलेर कर्नरिङ गर्न मिल्छ अव ठुला कम्पनीमा त्यो सम्भव हुँदैन ।

बाणिज्य बैंकको शेयरमा गिरावट आए पछि बीमा कम्पनीको शेयरमा भने उछाल आइरेको छ । आज जीवन बीमाको सूचक ४.४३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमाको सूचक ३.५३ प्रतिशतले बढेको छ । आज १३३ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ३१ वटाको शेयर मूल्यमा गिरावट आएको छ । प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारले यहि पुस २६ गते विस्वासको मत दिदै छ । नेपाली काङ्ग्रेसले ठुलो चलखेल गरेन भने प्रचण्डलाई विस्वासको मत लिन गाह्रो पर्ने छैन । अहिलेका अर्थमन्त्री विष्णु प्रसाद पौडेलको इन्ट्रि सँगै सुधारिएको शेयर बजार लगातार बढिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS