Connect IPS
IME Life

सिटिजन लाइफले डाक्यो पाँचौ वार्षिक साधारणसभा, प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस १७ गते आइताबर बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १५ गते वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

कम्पनीले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिने गर्नेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सा हिसाब, आय व्यय हिसाव, इक्वुटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगक प्रवाह विवरण र सो साग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । कम्पनीले यस अगाडी नै प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रकृयाँ अगाडी बढाए पनि नेपाल धितोपत्र बोर्डले ग्रिन सिग्नल नदिए पछि कम्पनी पछाडि हटेको थियो ।

नेपाल बीमा प्राधिकरणले यहि चैत मसान्त भित्र न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिइसकेको छ । सोहि निर्देशन अनुरुप कम्पनीले विद्यमान संस्थापन शेयरधनीहरु सँग ५० प्रतिशत थप पूँजी आह्वान गरेर २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले न्युनतम पनि सर्वसाधारणका लागि एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ आइपिओ निष्काशन गर्नु पर्नेछ । यदि १०० रुपैयाँ मात्रै प्रिमियममा आइपिओ निष्काशन गर्यो भने कम्पनीले सर्वसाधारण शेयरधनीबाट एक अर्ब १२ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ । यस्तो अवस्थामा कम्पनीले मर्जर नगरी बोनस शेयर दिएरै चुक्त पूँजी जुटाउन सक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS