काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.८ प्रतिशत लाभांश घोषणा गरेको छ । पौष २२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ४ अर्ब २६ करोड रुपैयाँको ३ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ३.८ प्रतिशत नगद लाभांश सहित ६.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभा बोलाउन सक्ने छ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्नेछन् ।