IME Life
Beema Board

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मंसिर २९ गतेदेखि पुस १४ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँड गरेको छ । उक्त ऋणपत्रको ब्याजदर ७ प्रतिशत रहेको छ ।

कम्पनीले रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र पुस २१ गते बाँडफाँड गरेको हो । बैंकले ७ वर्षे अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ नामको ऋणपत्र निष्काशन गरेको हो ।

Prabhu
Crest

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित दरका ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्रीको लागि सूचना जारी गरेको थियो । निष्काशन कुल कित्तामध्ये ६० प्रतिशत अर्थात ३ अर्ब बराबरको ३० लाख कित्ता कम्पनी आफैले व्यक्तिगत तवरबाट विक्री गर्ने र बाँकी ४० प्रतिशत अर्थात रू। २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री गरिने जनाएको छ ।

सर्वसाधारणमा विक्री गरिने कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याएको थियो । कम्पनीले उपलब्ध गराएको बाँडफाँटको विवरणलाई हेर्दा पूर्ण रुपमा ऋणपत्र वितरण नभएको देखिएको छ । ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS