Connect IPS
IME Life

कहिलेसम्म शेयर किन्नेले प्राइम लाइफको लाभांश पाउँछन् ? साधारण सभा भोलि हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर पुस ७ गतेसम्म किन्नेले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस ८ गते एक दिन बुक क्लोज गरेको थियो । त्यसकारण नेप्सेमा कारोबार भइ पुस ७ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले मर्जर र लाभांश प्रस्ताव तथा शेयर संरचना परिवर्तको पारित गर्ने प्रमुख प्रस्ताव सहित पुस २४ गते भोलि अग्रवाल भवन, कमलपोखरीमा सभा डाकेको हो । सभा दिउँसो २ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले वार्षिक प्रतिवेदन,लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, हिसाव नाफा नोक्सान एकिकृत आय ब्यय हिसाव लगायतका अनुसूचिहरु लेखापरीक्षक नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने , कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व परिवर्तन, प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ एक आपसमा मर्जरको सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

सैदान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष निवेदन दिने, कम्पनीको प्रबन्धपत्र संशोधन तथा फेरबदल गर्ने लगायतका काम गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तो छ कम्पनीको ८ वर्षे लाभांश इतिहास
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १० वर्षसम्म आफ्ना शेयरधनीलाइ १५४ दशमलव २६०५ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीको यो ८ वर्षको लाभांश इतिहासलाई हेर्ने हो भने नगद लाभांशलाईभन्दा पनि बोनश शेयरलाई बढी प्राथमिकता दिएको देखिएको छ । कम्पनीले ८ वर्षमा वितरण गरेको लाभांशको तथ्याङकलाई हेर्दा १४३ प्रतिशत बोनश शेयर वितरण गरेको छ भने ११ दशमलव २६०५ प्रतिशत मात्रै नगद लाभा।श वितरण गरेको छ ।

कम्पनीको ८ वर्षै लाभांश इतिहासलाई नियाल्दा सबैभन्दा धेरै आर्थिक वर्ष २०७२ /७३ मा वितरण गरेको देखिन्छ । उक्त आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । त्यस वर्ष कम्पनीले नगद लाभांश भने वितरण गरेको थिएन् ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०६७ /६८ मा आफ्ना शेयरधनीलाई वितरणयोग्य मुनाफाबाट कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस वर्ष कम्पनीले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनश शेयर वितरण गरेको थिाये भने १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०६८/ ६९ मा आफ्ना शेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस वर्ष कम्पनीले शेयरधनीलाई नगद लाभांश वितरण जगरी १३ प्रतिशत बोनश शेयर मात्रै वितरण गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७३ /७४ मा आफ्ना शेयरधनीलाई कायम चुक्ता पूँजीबाट वितरण गर्न मिल्ने नाफाबाट १२ दशमलव ५ प्रतिशत बोनश शेयर मात्रै वितरण गरेको थियो ० दशमव ६५६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७४ /७५ मा कम्पनीले आफ्ना शेयरधनीलाई १२ दशमलव ५ प्रतिशत बोनश शेयर मात्रै वितरण गरेको थियो । यस वर्ष कम्पनीले शेयरधनीलाई नगद लाभांश दिएको थिएन् ।

त्यसैगरी कम्पनीले आर्थिक वर्ष २०७५ /७६ मा आफ्नो वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा कम्पनीले ७ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने ८ प्रतिशत नगद लाभाश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७६/ ७७ मा कम्पनीले शेयरधनीलाई कुल १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा कम्पनीले १५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने ० दशमलव ८७ प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यसैगरी कम्पनीले २०७७ /७८ को नाफाबाट कुल १३ दशमलव ६८४२ प्रतिशत लाभांश दिने भएको छ जसमा १३ प्रतिशत बोनश शेयर रहेको छ भने ० दशमलव ६८४२ प्रतिशत नगद रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS