IME Life
Beema Board

गरिमा विकास बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १४ दशमलव ५० प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको छ ।

कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजारको आधारमा १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

Prabhu
Crest

गरिमा विकास बैंकले साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरी २०७८ कात्तिक २८ गतेदेखि एकीकृत कारोबार गर्दै आएको छ । यसर्थ प्रचलित कानूनबमोजिम लाभांश कर छुट पाउने शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्नुका साथै कर छुट नपाउने शेयरधनीहरूको हकमा नगद लाभांशबाट कर भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ ।

सभामा बैंबका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS