GBIME
IME Life

प्रारम्भिक बुलमै बीमा कम्पनीका शेयरधनी मालामाल, प्रिमियरको पोर्टफेलियो ५३ % ले बढ्दा कसको कतिले बढ्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीका शेयरधनीहरुले पछिल्लो तीन सातामै ५० प्रतिशत भन्दा धेरैले पोर्टफेलियो बढाउन सफल भएका छन् । नयाँ सरकार गठन सँगै उकालो लागेको शेयर बजारमा सर्वाधिक धेरै प्रिमियर इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले कमाएका छन् ।

पुस महिनाको पहिलो कारोबार अर्थात पुस ३ गते र हिजो बिहीबारको बजार मूल्यलाई आधार मान्दा प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै प्रतिशेयर २७६ रुपैयाँले बृद्धि भएको छ । यस हिसावले कम्पनीको शेयर मूल्य विगत तीन सातामा ५३.९० प्रतिशतले बढेको छ । यस हिसावले प्रिमियरका शेयरधनीको पोर्टफेलियो पनि ५३.९० प्रतिशतले नै सुधार भएको छ ।

SKYWELL
Crest

नेपाली कांग्रेस सँगको गठबन्धलाई तोडेर प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले सँग गठबन्धन गरे सँगै शेयर बजारमा उछाल आएको हो । उनि प्रधामन्त्रीमा नियुक्त भएको कुराले भन्दा पनि अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेलको नियुक्तिले शेयर लगानीकर्ता हौसिएका हुन् ।

अर्थमन्त्रीमा पौडेल नियुक्त हुने हल्लैले सुधारिएको शेयर बजार उनि नियुक्त भएको तीन दिनसम्म लगातार ५० अंक भन्दा माथिको दरले सुधार भएको थियो । विगत डेढ वर्षदेखि डिप्रेस बजारलाई अर्थमन्त्री पौडेलले पुनर्ताजगी गरिदिएका छन् । उनिले शेयर बजारका लगानीकर्तादेखि ठुला व्यवसायीहरुलाई निरन्तर भेटिरहेका छन् ।

यस भन्दा अगाडीका अर्थमन्त्री जनार्दन शर्मालाई अलिकति पनि नटर्ने गभर्नर महाप्रसाद अधिकारी पौडेल सँग कुम मिलाएर हिडिरहेका छन् । उनि लगातार अर्थमन्त्री सँग छलफलमा छन् । यसले लगानीकर्ताको कन्फिडेन्स बढेको छ ।

लगानीकर्ताको कन्फिडेन्स बढे सँगै शेयर बजारमा सुधार हुँदा बीमा कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । यहि अवधिमा शेयर कारोबार रोक्का भएका बीमा कम्पनीका लगानीकर्ता तथा कम्पनीका सञ्चालक नै अहिले थक्क थक्क मानिरहेका छन् ।

नेपाली शेयर बजारमा बीमा कम्पनीका सर्वसाधारण शेयरधनी भन्दा पनि भित्रि कारोबारको पहुँच हुने सञ्चालक तथा उच्च व्यवस्थापन तहका कर्मचारीले नै सर्वाधिक धेरै कमाइरहेका हुन्छन् । अहिलेको अवस्थामा यस समुहका शेयरधनीहरु दोस्रो बजारबाट लाभ लिन चुकेका छन् । यस्तो लाभ लिनबाट चुक्नेहरुमा सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल, युनियनल लाइफ, गुँरास लाइफ र प्राइम लाइफका शेयरधनी छन् ।

नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीहरुको पनि आधारभुत शेयरधनी बाहेक सर्वसाधारण शेयरधनीको कारोबार खुला हुने व्यवस्था गरिदिए पनि यि कम्पनीहरुले भने अहिलेसम्म पनि दोस्रो बजारमा कारोबार फुकुवा गर्न सकेका छैनन् ।

यस समयमा कारोबार फुकुवा गरेर प्रभु लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, सिद्धार्थ, प्रिमियर, प्रभु, अजोडले कारोबार फुकुवा गरेर दोस्रो बजारबाट राम्रै लाभ उठाएका छन् ।

यस अवधिमा नेपाल लाइफ र नेशनल लाइफका शेयर मूल्य १२० रुपैयाँले बढेको छ । कम्पनीका शेयरधनीहरुले तीन सातामा आफ्नो पोर्टफेलियो २० प्रतिशतले बढाएका छन् । त्यस्तै हकप्रदको तयारीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयर मूल्य २१६ रुपैयाँले बढेको छ । जवकी कम्पनी शेयर मूल्य शेयर बजार तल्लो विन्दुमा हुँदै गर्दा सुधारको लयमा थियो ।

एशियन लाइफका शेयरधनीहरुले आफ्नो पोर्टफेलियो ३७ प्रतिशतले बढाउदा प्रतिशेयर मूल्य भने १८९ रुपैयाँले बढेको छ । सानिमा लाइफका शेयरधनीहरुले आफ्नो पोर्टफेलियो ३४ प्रतिशतले बढाउदा रिलायन्सका शेयरधनीको भने ४० प्रतिशतले बढेको छ । त्यस्तै प्रभु लाइफको शेयर मूल्य १३८ रुपैयाँले बढ्दा पोर्टफेलियो पनि ३८ प्रतिशतले बढेको छ ।

आजै मात्र साधारणसभा सम्पन्न गरेको नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य पनि ९० रुपैयाँले बढेको छ । त्यस्तै युनाइटेडको ११५ रुपैयाँले बढ्दा नेकको १४३ रुपैयाँले बढेको छ । अन्य कम्पनीहरु क्रमश आइएमई जनरलको १२५ रुपैयाँ, प्रुडेन्सियलको १३१ रुपैयाँ, शिखरको १५३ रुपैयाँ, सिद्धार्थ २०४ रुपैयाँ, एनएलजी १५५ रुपैयाँ, प्रभु इन्स्योरेन्स १८१ रुपैयाँ, अजोड १९६ रुपैयाँ, हिमालयन एभरेष्टको ११० रुपैयाँले बढेको छ । रकमका हिसावले सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर १६४२ रुपैयाँले बढेको छ । तर शेयरधनीको पोर्टफेलियो भने १३ प्रतिशतले मात्रै बृद्धि भएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS