Connect IPS
IME Life

प्राइम लाइफका सिइओको वार्षिक तलब सुविधा एक करोड ८ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता बापत एक करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ । यो तलब सुविधा तत्कालिन प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले बुझेका हुन् ।

उनले वार्षिक तलब तथा भत्ता बापत ७१ लाख ८४ हजार रुपैयाँ प्राप्त गरेका थिए । कम्पनीले सार्वजनिक गरेको १५ औं लेखापरीक्षण प्रतिवेदन अनुसार भट्टराइले कार्य सम्पादनमा आधारित कर्मचारी बोनस बापत १५ लाख ५२ हजार, प्रचलित व्यवस्था अनुसारको सुविधा बापत ४ लाख ४७ हजार र प्रोत्साहत सुविधा बापत १४ लाख ७३ हजार रुपैयाँ बुझेका छन् ।

Prabhu
Crest

बीमा सुविधा बापत उनको नाममा एक लाख ७५ हजार रुपैयाँ खर्च भएको छ । यसरी एकमुष्ठ रुपमा उनले विभिन्न सेवा सुविधा बापत एक करोड ८ लाख रुपैयाँ बुझेका हुन् । यस्तै सुविधा यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ८९ लाख ८८ हजार रुपैयाँ बुझेका थिए । भट्टराई २०७९ साउनदेखि दुई कार्यकाल पुरा गरेर बाहिरिसकेका छन् ।

कम्पनीको उच्च व्यवस्थापन तहका कर्मचारीहरुले उक्त आर्थिक वर्षमा ५ करोड ७३ लाख रुपैयाँ बुझेका थिए । सञ्चालक समितिका पदाधिकारीहरुले भने यस आर्थिक वर्षमा ६ लाख ८२ हजार रुपैयाँ बुझेका थिए । कम्पनीले यस आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि भने १३ प्रतिशत बोनस शेयर दिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS