Connect IPS
IME Life

६ कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डाहरु ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज चिलिमे जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर, नेपाल इन्स्योरेन्स कम्पनी, इक्रा नेपाल, गरिमा विकास बैंक लिमिटेड र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सभा आयोजना गर्दैछन् ।

नेपाल इन्स्योरेन्स कम्पनीले ७४औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम राख्ने, आव २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने÷गाभिने वा प्राप्ति गर्नेसम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिको पूर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ८ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस ७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांशको प्राप्तिका लागि योग्य छन् ।

त्यस्तै, चिलिमे जलविद्युत कम्पनीले २६औं वार्षिक साधारण सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा उक्त दिन बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले ७ दशमलव ५ प्रतिशत बोनश शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बिन्ध्यबासिनी हाइड्रोपावर लिमिटेडले छैटौं वार्षिक साधारण सभा कम्पनीको कार्यालय परिसर नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे गर्ने जानकारी दिएको छ । सभाले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव शून्य २ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरिसकेको छ ।

युनियन हाइड्रोपावर लिमिटेडले १६औं वार्षिक साधारण सभा सिद्धार्थ कटेज ललितपुर, धोबीघाटमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गराएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरूमात्र सभामा भाग लिन योग्य छन् ।

त्यस्तै, गरिमा विकास बैंकले होटल पोखरा ग्राण्ड, पोखरामा सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १४ दशमलव ५० प्रतिशत लाभांश प्रस्तावलाई पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गतेदेखि पुस २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन्

इक्रा नेपालले इक्रा नेपाल लिमिटेडले पुस २२ गते गर्ने भएको छ । कम्पनीले उक्त साधारण सभा दिउँसो २ बजे अलोफ्ट होटेलमा गर्ने जनाएको छ । कम्पनीले २० प्रतिशत बोनश शेयर र ५२ दशमलव १७३१६ प्रतिशत नगद लाभांश गरि कुल ७२ दशमलव १७३१६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS