IME Life

स्वास्थ्य बीमा बोर्डले यस्तो अवस्थामा लिदैन् जोखिम, यस्ता छन् शर्तहरु

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले पछिल्लो समय स्वास्थ्य बीमाको पहुँचलाई बृद्धि गर्न विभिन्न योजनाहरु लागू गर्दै आएको छ । बोर्डको योजनालाई पछ्याउँदै स्थानिय सरकारले आफ्ना नागरिकहरुलाई स्वास्थ्य बीमामा ८० प्रतिशतसम्म छुट दिँदै आएका छन् । स्वास्थ्य सेवामा सबैको समान पहुँच पुगोस् भन्ने उदेश्यले केन्द्र सरकार तथा स्थानिय सरकारले स्वास्थ्य बीमालाई प्राथमिकतामा राख्दै आएको छ ।

नेपालमा पछिल्लो समय स्वास्थ्य बीमाले पार्टीगत एजेन्डाको रुपमा स्थान पाएको छ । केन्द्रदेखि स्थानिय सरकारमा लोकप्रिय बनेको स्वास्थ्य बीमाको सेवा लक्षित समुहमा विस्तार हुने क्रम जारी छ । यो अवस्थामा स्वास्थ्य बीमा कस्ता व्यक्तिले गर्ने, कुन अवस्थामा गर्ने भन्ने बारे स्वास्थ्य बीमामा केहि शर्तहरु रहेको छ ।

Prabhu
Crest

स्वास्थ्य बीमामा सहभागी बीमितले चोटपटकमा उचित सावधानी अपनाउनुपर्ने हुन्छ । अप्रेसन गरेको अवस्थामा एनेस्थेसियाको प्रयोग गरेको प्रमाणित भएमा मात्र भुक्तानी दिइन्छ । पटक पटक देखिएका एउटै लक्षणलाई एउटै रोगमा गणना गरिन्छ । बीमितले आफ्नो उपचार गरेको प्रमाणित हुने कागजात कम्पनीमा पेश भएको खण्डमा क्षतिपूर्ति प्राप्त गर्न सकिन्छ । यसका साथै बीमितले एक हप्तादेखि ३० दिनभित्र घटना भएको बारे बोर्डलाई जानकारी गराउनुपर्ने हुन्छ । जसमा २४ घण्टालाई एक दिनमा गणना गरिन्छ । यदि बीमितले पेश गरेको प्रमाणमा बोर्डलाई शंका लागेमा बोर्डले आफू अनुकुको डाक्टरबाट परिक्षण गराउन सक्दछ ।

बोर्डले जोखिम बढी देखेमा एक हप्तापहिले सूचना गरी बीमा लेख रद्ध गर्न सक्छ । जसमा बीमितले पाउने बीमा बीमा शुल्क गणितीय हिसाबमा फिर्ता गरिन्छ । अनैतिक क्रियाकलाप, झूटो विवरण, ठगी नियतले भरिपूर्ण देखिएमा बोर्डले दाबी भूक्तानी उपलब्ध गर्दैन । बीमितले पेश गर्ने प्रमाणमा भने चिकित्सकको स्पष्ट विवरण, बिलहरुमा मिति, बिमारीको नाम, उमेर स्पष्ट हुनुपर्दछ ।

स्वास्थ्य बीमा गरेका तर केहि प्रकारका बिरामीको हकमा भने बीमा गर्ने कम्पनीले जोखिम लिदैनन् । जस्तै वंशानुगत, जन्मजात, मानसिक रोग, महारोग, एड्स, एचआएभी पोजिटिभ, लागूपदार्थ सेवन, दुर्व्यसनी, अङ्ग प्रत्यारोपण र बीमा गर्नुभन्दा पहिले देखिने स्वास्थ्य समस्याहरु रहेको छ । यसका साथै स्वास्थ्य बीमालेख लिएको एक महिनाभित्र नै रोगको सिकार भई अस्पताल भर्ना गरिए वा स्वास्थ्यसम्बन्धी खर्च गरिएमा सो बापत क्षतिपूर्ति पाइदैन । गर्भपतन, बाँझोपन, परिवार नियोजनसम्बन्धी खर्च, बाध्यात्मक उपचार नभई आफूखुशी कस्मेटिक, प्लाष्टिक सर्जरी गरेको खण्डमा पनि बीमितले क्षतिपूर्ति पाउँदैन । साथै मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सकबाहेक अन्य व्यक्तिबाट गरिएको उपचारमा पनि स्वास्थ्य बीमा मान्य हुँदैन ।

यसका अलावा कानुन विपरीत शक्तिको प्रयोग, भिषण रुपमा गरिएको युद्ध, जनयुद्ध, विद्रोह, वैदेशिक आक्रमणको चोटपटक, हड्ताल, हुलदंगाको कारण लागेको चोटपटकमा समेत बीमाको पहुँच रहदैन । आयुर्वेदिक, होमियोप्याथी खर्च, बीमा क्षेत्रको परिधिबाहिरको जोखिम र एम्बुलेन्स लगाएतका सवारी खर्चको क्षतिपूर्ति बीमाको दायरामा पर्दैन । तसर्थ स्वास्थ्य बीमालेख लिएका बीमितले यी कुराहरुमा विशेष ध्यान दिन जरुरी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS