काठमाडौं । आज नेप्से परिसूचक १७ दशमलव ९२ अंकले बढेर २,१४३ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज १४७ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनकिो शेयर मुल्य घटेको छ । आज ९ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।