काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सगरमाथा जलविद्युत् कम्पनीलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको हो ।
बोर्डले बिपिडब्लु लघुवित्तलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको ९७ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि पुस ४ गते अनुमति दिएको हो ।
सगरमाथा जलविद्युत् कम्पनीलाई बोर्डले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको ५४ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि अनुमति दिएको हो । पुस १७ गते यस कम्पनीलाई बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।
बिपिडब्लु लघुवित्तको आइपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड र सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।