IME Life

असल बीमा अभिकर्ताले पालना गर्नुपर्ने यस्ता छन् नैतिकता

SPIL
NIC ASIA

काठमाडौं । बीमा अभिकर्ता भन्नाले बीमा कम्पनीले इजाजत प्रदान गरी बीमा लेख बिक्रि गर्न बजारमा पठाएको प्रतिनिधि पात्र हो । यसरी बीमा गराउन प्रेरित गर्ने उदेश्य बोकेर हिँडेका अभिकर्ताले नैतिक मूल्य मान्यता भने गुमाउनु हुँदैन । कम्पनीको प्रतिनिधित्व गर्ने व्यक्ति भएकोले पनि अभिकर्ताले आफ्नो बोलि व्यवहारमा एकदमै सोचविचार गर्नुपर्ने हुन्छ । एक असल अभिकर्ताले निम्न नैतिकता पालना गर्नुपर्ने हुन्छ ।

१.सर्वप्रथम बीमितलाई वा प्रस्तावकलाई प्रत्यक्ष भेट गरी सम्वाद गर्नुपर्दछ । कुनै ग्राहकले बीमाको गलत फाइदा उठाउन खोजेको हुन सक्छ, सोको मनोवैज्ञानिक अध्ययन गर्नुपर्दछ । ग्राहकको बानि पेसा, उमेर, स्वास्थ्य अवस्था, पारिवारिक स्थितिको जानकारी लिनु जरुरी छ । केही समयको कुराकानीमा उक्त व्यक्ति बीमा योग्य छ कि छैन भन्ने पत्ता लगाउन सकिन्छ ।

Prabhu
Crest

२.आफ्नो अनुपस्थितिमा प्रस्तावक फारम भरेर ल्याएमा सहर्ष स्वीकार गर्नुहुँदैन । किनभने बीमालाई व्यापारीक खेती बनाउनबाट रोक्नुपर्दछ । कतिपय दीर्घरोगी, मृत्युको मुखमा पुगेकाहरु, बिरामी शैयामा सुतेकाहरुले पनि बीमा प्रस्ताव गर्न सक्दछन् र सीमित पैसाको लोभमा नपरी आफ्नो हैसियत कायम राख्नुपर्दछ । कतिपय दाबी भुक्तानीहरु यससँग सम्बन्धित पाइएको छ । रोग र मृत्यु भनेको कुनै पनि उमेरको अवस्थाले गर्दा पनि दीर्घरोगी बीमित हुन पुग्दछन् र भुक्तानीमा अभिकर्तालाई सामाजिक लाञ्छना लाग्दछ ।

३.नैतिक आचरण खराब, कुख्यात अपराधिहरु, ग्याङफाइटरहरु, अनैतिक क्रियाकलापमा समावेश भएकाहरुको बीमा प्रस्ताव फारम भर्नु हुँदैन । यो बढी जोखिमपूर्ण हुन्छ । यदि प्रस्ताव फारम भर्नुपरेमा अभिकर्ताको गोप्य प्रतिवेदनमा आफूले जाने बुझेका कुराहरु लेखिदिनुपर्दछ ।

४.जीवन बीमा अभिकर्ताले आफ्नो ग्राहकलाई सन्तुष्टि दिन सक्नुपर्दछ । जसमा उसको आर्थिक हैसियत अनुसारको बीमा लेख बिक्रि गर्नु प्रमुख हुन्छ । कमिसनको लोभमा कम आम्दानीको व्यक्तिलाई बढी रकमको बीम गरेमा दुई तीन वर्ष पनि तीर्न सक्दैन । जसकारण पोलिसि सरेण्डर गर्ने सम्भावना हुन्छ भने बुझाएको भन्दा कम रकम उसले फिर्ता पाउँछ । यस्ता कार्यले समाजमा बीमाप्रतिको नकारात्मक सन्देश फैलिन्छ । यदि व्यक्तिको हैसियत अनुसार लामो अवधिको बीमा गराएमा इष्टमित्र, नातेदार, साथी, सहकर्मीलाई आकर्षित गर्दछ । उसले पनि नियमित भुक्तानी गरी सुरक्षित रहन्छ र अभिकर्ताको पनि पूर्णकालिन ग्राहक बन्दछ ।

५.बीमा प्रस्ताव भर्दा व्यवसाय परिवर्तन नगरी उल्लेख गर्नुपर्दछ । यदि जोखिमयुक्त व्यवसाय भएमा बीमकले तोकेको शुल्क अनिवार्य लगाउनुपर्दछ । जसले गर्दा बीमित र अभिकर्ता सुरक्षित रहन्छन् ।

६.बीमा अभिकर्ताले प्रस्तावको आर्थिक स्रोत बुझेर मात्र प्रस्ताव फारम भराउनुपर्दछ । नियमित शुल्क बुझाउन नसक्नेहरुलाई बीमा गराउनुहुँदैन । बरु सानो बीमाङ्कको लामो अवधिको बीमा गराउँदा सामान्यतया शुल्क कम भई निरन्तर हुन जान्छ । बीमा अभिकर्ताले कमिसनलाई मात्र ध्यान नदिईकन सामाजिक सेवाको भावना पनि राख्नुपर्दछ ।

७.बीमा अभिकर्ताले प्रस्ताव फारम भर्दा प्रायःनिश्चित बीमा योग्य व्यक्तिको भर्नुपर्दछ । जसमा धेरै दुब्लो, धेरै मोटो, स्वास्थ्य खराब, पेशाविहिन। नैतिकहिन हुनुहुँदैन ।

८.बीमालाई व्यक्तिगत स्वार्थमा निहित हुन नदिन बीमा अभिकर्ता प्रमुख जिम्मेवारी हुनुपर्दछ । धेरै बुझेका र कम बुझेका ग्राहकसँग शतर्क हुनुपर्दछ ।

९.प्रस्तावक बीमितको उमेरको प्रमाणपत्रको यकिन हुनुपर्दछ । आँकलन गर्न सकिन्छ न कि कसैले यसको दुरुपयोग नगरोस् ।

१०.बीमा प्रस्ताव फारम बीमकले स्वीकृत गरेर बीमा लेख प्राप्त भएपछि मात्र बीमा योग्य भएको मानिन्छ । कतिपय बमिकले शुल्क पहिल्यै लिने र अन्डरराइटिङ पछि गर्ने गरेको पाइन्छ । तर शुल्क बुझाए पनि बीमकको बीमालेख नदिईकन वा बीमा लेख नं प्राप्त नभई यसको आधिकारिक मान्यता हुँदैन ।

११.बीमितहरु एक पटक बीमा शुल्क बुझाई बीमा लेख लिएपछि लामो समयसम्म शुल्क नबुझाउँदा पनि जोखिम वहन भएको ठान्दछन् । शुल्क नबुझाई कुनै घटना दाबी भुक्तानी परेमा बीमितले उक्त सुविधा प्राप्त गर्दैन अनि बीमितले समाजमा बीमा गरेको तर बीमा कम्पनीले भुक्तानी नदिएको भनि गलत प्रचार गर्दछ । यो बीमितको बुझाइको कमी हो । तर बीमा अभिकर्ताले यस्तो अवस्था आउन नदिन ग्राहकलाई समयमा भेटी शुल्क बुझाउनुपर्दछ भने शुल्क नबुझाएमा हुने नोक्सानीको बारेमा पनि जानकारी गराउनुपर्दछ ।

१२.बीमा अभिकर्ताले बीमितहरुको बीमा शुल्क यथाशिघ्र बीमा कम्पनीमा भुक्तानी गर्नुपर्छ । जसले गर्दा जोखिम वहनमा ग्यारेन्टी हुन्छ । कतिपय अवस्थामा बीमितले अभिकर्तालाई शुल्क बुझाएको तर अभिकर्ताले बीमकमा नबुझाई बीमा लेख निष्क्रिय भएको देखिन्छ । यस अवस्थामा घटना घटेमा अभिकर्ता सम्पूर्ण कुराको जिम्मेवार हुनुपर्दछ । साथै, प्रचलित कानुन बमोजिम कारबाही भोग्नुपर्ने हुन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%

खुसी

0%

दु :खी

4%

अचम्मित

15%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS