काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ६४ दशमलव ८७ अंकले बढेर २,१२५ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज लगानीकर्ता उत्साहित भएका छन् । आज २०७ कम्पनीको शेयर मुल्यमा बृद्धि भएको छ भने ५ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५० करोड ११ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । कम्पनीको ११ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज सानिमा माइ हाइड्रोपावर कम्पनीको १० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् ।