काठमाडौं । प्रभु स्मार्ट फण्डले इकाई निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने प्रभु स्मार्ट फण्डले ८ करोड इकाई निष्काशन गर्नका लागि बोर्डाट पुस १९ गते स्वीकृति पाएको हो ।
कोष प्रवर्द्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्वीकृति प्राप्त यस योजनाले १० रुपैयाँ अंकित दरका कुल ८ करोड बराबरको इकाई बिक्री गर्ने जनाएको छ ।