काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आम्रपाली व्यान्क्वीट काठमाडौँमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।
साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक नाफारनोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, सभाले आगामी आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति गर्ने, लेखापरीक्षण समिति लगायत अनय उपसमितिहरुको बैठक भत्ता निर्धारण गर्ने लगायतका विविध प्रस्तावहरु पारित गरेको छ ।