Connect IPS
IME Life

मंसिर महिनामा जीवन बीमा कम्पनीको २१ प्रतिशत व्यवसाय अल्पकालिन, यस्तो छ कम्पनीहरुको वास्तविक व्यवसाय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा आर्जन गरेको प्रथम बीमा शुल्कमा २१ प्रतिशत हिस्सा अल्पकालिन प्रकृतिका लघु बीमा र वैदेशिक रोजगार जीवन बीमा लेखको छ । मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्ब १५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । जसमा लघु बीमाको हिस्सा १७ करोड ४८ लाख रुपैयाँ र वैदेशिक रोजगार बीमालेखबाट २७ करोड ५७ लाख रुपैयाँ छ ।

जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमालाई वास्तविक बीमा व्यवसाय मानिन्छ । कतिपय कम्पनीले लघु बीमा र वैदेशिक रोजगार बीमालेखबाटै धेरै बीमा शुल्क आर्जन गरेको देखाइरहेका छन् । यसैबाट सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफले सर्वाधिक बीमा शुल्क आर्जन गर्ने कम्पनीको सूचिमा अगाडी पार्न सफल भएका छन् ।

Prabhu
Crest

मंसिर महिनामा कुल प्रथम बीमा शुल्क आर्जनको र्याङ्किङमा सिटिजन लाइफ छैठौ नम्बरमा छ तर वैदेशिक रोजगार बीमा शुल्क र म्यादी बीमा शुल्क घटाउदा १२ नम्बरमा देखिन्छ । जीवन बीमा कम्पनीहरुले दीर्घकालका लागि सावधिक जीवन बीमा र अल्पकालिन मुनाफाका लागि अल्पकालिन बीमालेख जारी गर्ने गर्छन् । दुबैलाई मिलाएर लैजादा कम्पनीको पोर्टफेलियो पनि राम्रो देखिने बीमकहरु बताउछन् ।  यसले कम्पनीको आगामी वर्षको नविकरण बीमा शुल्कमा ठुलो असर पुर्याउनेछ । साथै कम्पनीको बृद्धिदरमा पनि असर पार्नेछ ।

जीवन बीमा कम्पनीहरुले जवसम्म साविधिक जीवन बीमा पोलिसी बिक्री गर्दैनन् तबसम्म कम्पनीको जीवन बीमा कोष बढ्दैन । जीवन बीमा कम्पनीको सुन्दर पक्ष भनेकै जीवन बीमा कोष हो । जति ठुलो जीवन बीमा कोष भयो कम्पनीको आकार पनि त्यहि अनुसार ठुलो हुन्छ ।

यदि म्यादी जीवन बीमा पोलिसी मात्रै बिक्री गर्ने हो भने जीवन बीमाको कुनै अर्थ छैन । यसका लागि निर्जीवन बीमा कम्पनीहरु नै काफी छ । प्राधिकरणले जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब कायम गरिसकेको सन्दर्भमा कम्पनीहरुको आफ्नो कोषको आकार पनि बढाउदै लैजानु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS